काठमाडौँ – नारायणगढ–काठमाडौँ सडक खण्डस्थित कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा त्रिशुली नदीमा चालक बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ११ बजे चितवनको चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर बाइकसहित चालक त्रिशुली नदीमा खसेका हुन् ।
बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने भारतीय सैनिक रोहित राना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।


