काठमाडौँ । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोट दुर्घटनामा परी उपचाररत थप एक जनाको मृत्यु भएको छ।
माघ २४ को उक्त विष्फोटमा घाइते भएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उदयपुरको गढी गाउँपालिका-७ का स्थानीय उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको उक्त दुर्घटनामा मृत्यु भएको थियो।
८ जनाको भने कीर्तिपुरमा उपचार जारी छ ।


