काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
रायो भ्यालेकानोलाई १-० को साँघुरो अन्तरले पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।
आज बिहान घरेलु मैदानमा भएको खेलमा रोवर्ट लेवन्डोस्कीको एक मात्र पेनाल्टी गोलले बार्सिलोनालाई फेरि शीर्ष स्थानमा उकालेको हो।
लेवन्डोस्कीले २८ मिनेटमा गोल गरे। साथै उनले लिगमा गोल संख्या २० पुर्याएका छन्।
बार्सिलोनाले २४ खेलबाट ५१ अंक जोडेको छ।
समान खेलबाट समान अंक भए पनि रियल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने एट्लेटिको मड्रिडको समान खेलबाट ५० अंकसहित तेस्रो स्थानमा छ।


