२०८३ कार्तिक २६ गते बुधबार

सभामुखको सचिवालयको आपत्ति : सुमना र सोविताले मिडियाबाट प्रेसर दिन खोजे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ६
devraj_ghimire

काठमाडौँ – सभामुख देवराज घिमिरेको सचिवालयले रास्वपा सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमले मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गराउन खोजेको आरोप लगाएको छ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सामाजिक सञ्जालमा आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिने भए पनि मिडिया र सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको आरोप लगाएका हुन्।

अधिकारीले सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानुन, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने बताएका छन्।

प्रतिक्रियामा अधिकारीले सांसदद्वय श्रेष्ठ र गौतमले आफूलाई मात्र केन्द्रमा राख्ने तर अरुको दृष्टिकोणलाई बुझ्न नसको आरोप लगाएका छन्। उनीहरूले आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहार देखाएको अधिकारीको भनाइ छ।

अधिकारीले रास्वपा सांसद गौतमले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेपछि आकस्मिक समयमा बोल्न समय मागेकाले सभामुख घिमिरेले विधेयक पास भइसकेपछि आकस्मिक विषय हुन नसक्ने बताएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग्नुभएको थियो। सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताउनुभएको थियो। विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उहाँले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग्नुभएको थियो। तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्नुहुने भन्नुभएको थियो।’

त्यस्तै रास्वपाकै सांसद श्रेष्ठले संसद बैठकको जनाउँ घन्टी बजेपछि भारतीय विद्यार्थीको समस्यामा परेको भन्दै बोल्न समय मागेकाले नपाएको अधिकारीले उल्लेख गरेका छन्। श्रेष्ठले उठाउन खोजेको विषयमा रास्वपाको दलीय अनुरोध पनि नआएको अधिकारीले बताएका छन्।

अधिकारीले लेखेका छन्, ‘फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आउनुभयो। सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो। जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो। उठाउने विषय हो भने ९माननीय अशोक चौधरीतर्फ देखाउँदै० उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ। मैले तपाईंको विषय बुझ्न समय भएन। या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो। रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो। दलीय अनुरोध पनि आएको होइन,’ अधिकारीले लेखेका छन्।

संसद्मा आकस्मिक समय माग गरेर बोल्न नदिएको सांसद श्रेष्ठले संसद् भवनबाहिर पत्रकारहरूलाई बताएकी थिइन्। भारतमा नेपाली युवतीले आत्महत्या गरेको विषयमा आफूले संसद्मा बोल्न माग गर्दा पनि भोलिलाई मात्र समय दिइएको उनले गुनासो गरेकी थिइन्।

प्रकाशित: २०८१ फाल्गुण ६ गते मङ्गलबार ११:३९
प्रतिक्रिया

थप समाचार

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना