नयाँ दिल्ली । नयाँ दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी हुन्। ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
भाजपा संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् ।
यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् ।


