२०८३ कार्तिक १२ गते बुधबार

सकियो एनएसएल ‘मिनी अक्सन’, टिम तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १०
nslNSL-6

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि शनिबार ‘मिनी अक्सन’ भएको छ र त्यसको समाप्तिसँगै प्रतियोगितामा सहभागी हुने टिमको संरचना लगभग तयार भएको छ।

चैतमा हुने प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ। त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी रहेका छन्।

नेपाली फुटबलमा ‘मिनी अक्सन’ को आयोजना भएको यो नै पहिलो पटक हो।

‘मिनी अक्सन’ मा कुल ६० खेलाडी राखिएको छ। त्यसमध्ये ‘क्याटेगोरी ए’ का १५ र ‘क्याटेगोरी बी’ का ४५ का खेलाडी रहेका थिए। ‘क्याटेगोरी सी’ मा पर्ने खेलाडीको भने पछि ‘ड्राफ्ट’ बाट निर्णय गरिने छ। अहिलेसम्म लगभग सबै टिमले आफ्ना मार्की र कप्तान खेलाडीको नाम घोषणा गरिसकेका छन्। यस्तै, मुख्य प्रशिक्षकको नाम पनि लगभग सबै टिमले घोषणा गरिसकेका छन्।

प्रत्येक टिमले केही खेलाडी ‘रिटेन’ गरिसकेको छ। कुल २१ खेलाडी भने बिक्री भएनन्। अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ। ‘मिनि अक्सन’ पछि सबै टिमको सुरुआती संरचना यस प्रकारको हुनेछ। बिक्री नभएका खेलाडी ‘विस लिस्ट’ को माध्यमबाट टिमले रोजेका थिए।

ललितपुर सिटी एफसी

मार्की : अनन्त तामाङ

अन्य खेलाडी : अदित्य शाक्य, सनीष श्रेष्ठ, योगेश गुरुङ, सुदीप गुरुङ, मणिकुमार लामा, नवीन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ, सन्तोष खत्री।

काठमाडौं रेजर्स

माकी खेलाडी : रोहन कार्की

कन्य खेलाडी : कुलदीप कार्की, अभिषक बराल, दीपेश गुरुङ, आशिष चापागाई, दिनेश हेमजन, जिलेप्सीजंग कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, एन्जल मजर्हन।

धनगढी एफसी

मार्की खेलाडी : कृतिशरत्न छुन्जु

अन्य खेलाडी : रामचन्द्र वजी, पासाङ लामा, अशोक खवास, प्रशान्त लक्षम, देवेन्द्र तामाङ, रणदीप पौडेल, विवेक पौडेल, जर्जप्रिन्स कार्की, जियारथ सेख।

एफसी झापा

मार्की खेलाडी : लाकेन लिम्बू

अन्य खेलाडी : छिरिङ लामा, अभिनाष साङत्याङ, दीपेश धिमाल, आशिष गुरुङ, एन्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विक, उज्ज्वल राई।

एफसी चितवन

मार्की खेलाडी : अञ्जन विष्ट

अन्य खेलाडी : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना, मिलन राई, शिशिर लेखी, अभिषेक लिम्बू, जय गुरुङ, सुमित श्रेष्ठ, निरज चौधरी।

पोखरा थन्डर्स

मार्की खेलाडी : समीर तामाङ

अन्य खेलाडी : आयुष घलान, पद्म भट्टराई, नरेन चौधरी, राम थापा, चन्दन दास, विशाल तामाङ, सुरज ठकुरी, कृशल मोक्तान, एकराज बुढाथोकी।

बुटवल–लुम्बिनी एफसी

मार्की खेलाडी : मनीष डांगी

अन्य खेलाडी : एरिक विष्ट, निराजन धामी, सरोज तामाङ, फतेमान घले, विमल पाण्डे, प्रदीप लामा, टिकेन्द्रसिंह थापा, दीप कार्की, सन्दीप कार्की।

प्रकाशित: २०८१ फाल्गुण १० गते शनिवार ०३:०२
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना