२०८३ कार्तिक १२ गते बुधबार

एनएसएलमा बिकेनन् यी चर्चित खेलाडी, कसको दाम कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १०
IMG-20250222-WA0132

काठमाडौँ- आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल)फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी-अक्सन भएको छ। अक्सनमा तीन जना चर्चित खेलाडी किन्न कुनै पनि टिम तयार भएनन्। गोलकिपर विकेश कुथु, फरवार्डहरु भरत खवास र नवयुग श्रेष्ठ अनसोल्ड भएका हुन्।

ए र बी श्रेणीका खेलाडीका लागि मात्र भएको अक्सनमा १५ जना ए र बी श्रेणीका ४५ खेलाडी गरी कुल ६० खेलाडीका लागि बोली लगाइएको छ।

ए श्रेणीका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ४ लाख थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो।

६० खेलाडीका लागि ७ टोलीले बोली लगाएका थिए। ए श्रेणीका आठ खेलाडीले अधिकतम ४ लाख रुपैयाँ पाएका छन्। पासाङ लामा, दिनेश हेन्जन, मणिकुमार लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, जिलेस्पीजंग कार्की र सन्तोष खत्री अधिकतम ४ लाखमा बिक्री भएका हुन्।

यसअघि सात टोलीले मार्कीसहित ए/बी श्रेणीका कम्तीमा तीन र बढीमा चार जना खेलाडी टोलीमा रिटेन गरेका थिए। शनिबारको अक्सनबाट टोलीहरूले कम्तीमा ६ खेलाडी भित्र्याएका छन्।

अब टोलीहरूले सी र डी श्रेणीका खेलाडी ड्राफ्टबाट भित्र्याउनेछन्।

प्रत्येक टोलीले २२ देखि २३ खेलाडी राख्न पाउनेछन्। जसमा १ मार्की, २ देखि ३ जना ए श्रेणीका खेलाडी, ६ जना बी श्रेणीका खेलाडी, ४ जना सी श्रेणीका खेलाडी, १ जना डी श्रेणीका खेलाडी, १ जना स्थानीय खेलाडी, ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित) र १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडी) राख्न पाउनेछन्।

हेर्नुहोस् मिनिअक्सनपछि सात टोलीमा आबद्ध भएका मार्कीसहित ए र बी श्रेणीका खेलाडीको सूची :-

बुटवल लुम्बिनी एफसी
मनिष डाँगी (मार्की)
एरिक बिष्ट (ए-रिटेन)
निरजन धामी (बी-रिटेन)
सरोज तामाङ (बी-रिटेन)
फत्तेमान घले (बी)
बिमल पाण्डे (बी)
प्रदीप लामा (ए)
टिकेन्द्र सिंह थापा (बी)
दीप कार्की (ए)
सन्दीप कार्की (बी)

धनगढी एफसी
कृतिशरत्न छुञ्जु (मार्की)
देवेन्द्र तामाङ (ए-रिटेन)
रन्दिप पौड्याल (बी-रिटेन)
रामचन्द्र वाजी (बी-रिटेन)
जर्ज प्रिन्स कार्की (बी)
पासाङ लामा (ए)
प्रशान्त लक्सम (बी)
अशोक खवास (बी)
विवेक पौडेल (ए)
जियारथ शेख (बी)

एफसी चितवन
अन्जन विष्ट (मार्की)
विशाल श्रेष्ठ (ए-रिटेन)
छिरिङ गुरुङ (बी-रिटेन)
रोशन राना मगर (बी-रिटेन)
मिलन राई (बी)
शिशिर लेखी (बी)
अभिषेक लिम्बु (ए)
जय गुरुङ (बी)
सुमित श्रेष्ठ (ए)
निरज चौधरी (बी)

झापा एफसी
लकेन लिम्बु (मार्की)
छिरिङ लामा (ए-रिटेन)
अविनाश स्याङताङ (बी)
दिपेश धिमाल (बी)
आशिष गुरुङ (ए)
अन्जल श्रेष्ठ (बी)
रोशन पहारी (बी)
दीपेन्द्र विक (बी)
उज्वल रल (बी)

काठमाडौं रेजर्स एफसी
रोहन कार्की (मार्की)
दिपेश गुरुङ (ए-रिटेन)
कुलदीप कार्की (बी-रिटेन)
अभिषेक बराल (बी-रिटेन)
आशिष चापागाई (बी)
दिनेश हेन्जन (ए)
जिलेस्पी जंग कार्की (ए)
कमल श्रेष्ठ (बी)
दिवाकर चौधरी (बी)
अन्जल महर्जन (बी)

ललितपुर सिटी एफसी
अनन्त तामाङ (मार्की)
सनिश श्रेष्ठ (ए-रिटेन)
आदित्य शाक्य (बी-रिटेन)
सुदीप गुरुङ (बी)
योगेश गुरुङ (बी)
मणिकुमार लामा (ए)
नवीन लामा (बी)
सन्तोष खत्री (ए)
अभिषेक वाइबा (बी)
समित श्रेष्ठ (बी)

पोखरा थन्डर्स एफसी
समीर तामाङ (मार्की)
आयुष घलान (ए-रिटेन)
पदम भट्टराई (बी-रिटेन)
राम थापा (बी)
चन्दन दास (बी)
विशाल तामाङ (बी)
सुरज ज्यु ठकुरी (ए)
कृषल मोक्तान (बी)
एकराज बुढाथोकी (बी)

कसको मूल्य कति?

प्रकाशित: २०८१ फाल्गुण १० गते शनिवार ०५:२१
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना