लाहोर- आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियासामु ३५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको हो।
टोलीका लागि ओपनर बेन डकेट १४३ बलको सामना गर्दै १६५ रन जोडेका डकेटले १७ चौका र ३ छक्का प्रहार गरे।
७८ बलमा ४ चौकाको सहयोगमा जो रुटले ६८ रन बनाएका थिए। कप्तान जोस बट्लरले २३ रन, जेमी स्मिथले १५ रन तथा लियाम लिभिङ स्टोनले १४ रनको योगादन दिए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले तीव्र गतिमा २१ रन जोडे।
अस्ट्रेलियका लागि बेन ड्वार्सहुइसले ३ विकेट लिए। त्यस्तै, एडम जाम्पा र मार्नस लाबुसेनले २–२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे।
समूह बीमा अस्ट्रेलिया र इंग्ल्यान्डसहित दक्षिण अफ्रिका र अफगानिस्तान छन्। समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो।


