काठमाडौं – काठमाडौंमा जारी तेस्रो संस्करणको काभा महिला भलिबल च्यालेन्ज कपको दोस्रो खेलमा भारतले बंगलादेशविरुद्ध सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न भएको खेलमा बंगलादेशले भारतसँग ३–० को लज्जास्पद हार बेहोरेको हो।
खेलको पहिलो सेट भारतले २५–३ ले जितेको छ। बंगलादेशको टिम सेट हुन नपाउँदै भारतले जित निकालेको हो।
त्यस्तै, दोस्रो सेटमा भारतले २५–९ ले बंगलादेशलाई हरायो। त्यसैगरि, तेस्रो सेटलाई पनि भारतले सहजै नियन्त्रण गर्यो र २५–६ को जित निकालेको हो। यो जितसँगै भारतले समूह ए मा तीन अंक जोडेको छ।
यो समूहमा नेपाल र कीर्गिस्तान पनि रहेका छन्। यि दुई टिमले आजै साढे चार बजे सोही मैदानमा प्रतिस्पर्धा गर्नेछन्।
च्यालेन्ज कपअन्तर्गत आजै भएको अर्को खेलमा भने उज्वेकिस्तानले श्रीलंकालाई ३–० कै सेटमा हराएको छ।


