काठमाडौँ– काठमाडौँमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो। सबै गोल पहिलो हाफमै भएका थिए। नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो।
दशरथ रङ्गशालामा जारी खेलको ४१औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरेकी हुन्।
खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। ५ मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्।
१६ मिनेटमा म्यानमारकी मे लुले गोल गर्दै टिमलाई दोस्रो पटक अग्रता दिलाइन्।
४० मिनेटमा नेपालले फेरि बराबरी गोल गर्न सफल भयो। सरु लिम्बूले डिबक्स नजिक दिएको पासमा उत्कृष्ट रनिङ गर्दै बल अघि बढाएकी साम्बाले उतिकै उत्कृष्ट फिनिसिङ गर्दा नेपालले खेललाई २-२ को बराबरीमा ल्याउन सफल भएको हो।














