काठमाडौँ – प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा सजिलै पराजित गरेको छ।
गएराति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा लिभरपुरले २–० ले विजयी भयो। जितसँगै शीर्षस्थानको लिभरपुलले ११ अंकको स्पष्ट अग्रता बनाएको छ। दुवै गोल पहिलो हाफमा भएका थिए।
लिभरपुलले २७ खेलबाट ६४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ।
खेलको १४ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। सलाहले डोमिनिकको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ३७ औँ मिनेटमा डोमिनिकको गोलमा लिभरपुलले अग्रता दोब्बर बनायो। उनले सलाहको पासमा नै बललाई पोस्को गति दिएका थिए।
गएराति कै अर्को खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टमाथि ४–३ को जित दर्ता गरेको छ। न्युक्यासलले चारै गोल पहिलो हाफमा गरेको हो।


