एजेन्सी – सुडानको राजधानी खार्तुम नजिकै ओमदुरमानमा एउटा सैन्य विमान दुर्घटना भएको छ ।
दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक अधिकारी र सर्वसाधारण रहेका छन् । सोही क्रममा १० जना घाइते भएका छन् ।
यो विमान रुसी निर्मित एन्टोनोभ विमान रहेको समाचारहरूमा जनाइएको छ। वादी सेइदना सैनिक विमानस्थलबाट मंगलबार साँझ उडेको थियो।
उक्त विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेका र उक्त क्षेत्रका धेरै घरहरू क्षतिग्रस्त भएको बताएका छन्। उक्त दुर्घटनाका कारण आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
मन्त्रालयले आपतकालीन टोलीले बालबालिकासहित घाइतेलाई नजिकैका अस्पतालमा पुर्याएको थियो।


