एजेन्सी – रुसले अमेरिकाबाट सीधा हवाई सेवा सुरु गर्ने प्रस्ताव गरेको छ ।
बिहीबार टर्कीको इस्तानबुल सहरमा भएको दुवै देशका उच्च अधिकारीको बैठकमा यो प्रस्ताव राखिएको भए पनि अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फेब्रुअरी १२ मा भएको डेढ घण्टाको टेलिफोन वार्तापछि दुई देशबीचको सम्बन्धमा सुधारको हुने देखिएको छ ।
यसपछि अमेरिकाले विश्वव्यापी फोरममा रुसविरुद्ध एक पनि टिप्पणी गरेको छैन । न त त्यस्तो टिप्पणीको समर्थन गरेको छ । दुवै देशका कूटनीतिज्ञहरूले इस्तानबुलमा दूतावासको स्थिति सामान्य बनाउन वार्ता गरेका थिए।
आपसी सम्बन्धमा तनावका कारण दुई देशका दूतावासमा कूटनीतिज्ञको संख्या वर्षौंदेखि लगातार घट्दै गएको छ । तर अहिले दुवै देशले सम्बन्धलाई सामान्य बनाउन दूतावासको कामकारबाहीलाई सुव्यवस्थित बनाउन थालेका छन् ।
रुसको विदेश मन्त्रालयले वार्तालाई सार्थक भएको बताएको छ । दुवै देश आर्थिक सम्बन्ध पुनः थालनी र दूतावासको गतिविधि बढाउन सहमत भएका छन् । यी दुवै क्षेत्रका कामलाई प्रक्रियागत रूपमा अगाडि बढाइनेछ।
यसअघि दुवै देशका विदेशमन्त्री रियादमा बसेर आपसी सम्बन्धलाई सामान्य बनाउने निर्णय गरेका थिए । उल्लेखनीय छ कि, फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलापछि अमेरिकाले रुससँगको हवाई सम्पर्क तोडेको थियो र सबै प्रकारका आर्थिक र कूटनीतिक प्रतिबन्धहरू पनि लगाएको थियो।
यता ट्रम्पको वासिङ्टन ओभल अफिसमा यक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग चर्को बहस गरेका थिए। उक्त क्रममा ट्रम्पले जेलेन्स्कीलाई त्यहाँबाट निकालिदिएका थिए।


