२०८३ कार्तिक १२ गते बुधबार

सरकारको भर नपरी क्रिकेट प्रतियोगिता गर्न सक्ने स्थितिमा पुगेका छौँ : पारस खड्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
NPL_Paras (1)

पोखरा- नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेट प्रतियोगिता चलाउनका लागि सरकारमा भर पर्नै पर्ने बाध्यता कम हुँदै गएको बताएका छन्। पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्री हिटः एनपीएलभन्दा पर’ सेसनमा सचिव खड्काले यस्तो बताएका हुन्।

खेल पत्रकार सविना कार्कीसँगको संवादमा पारसले सुविधासम्पन्न क्रिकेट मैदान बनेको खण्डमा क्रिकेटका लागि सरकारको भर पर्नु नपर्ने बताए। ‘सम्पन्न क्रिकेट मैदानबाट ५ सय, हजार, १५ सय, दुई हजारमा टिकट बिक्री गरेर आम्दानी गर्न सक्छौँ,’ उनले भने, ‘त्यो हुन सकेमा क्रिकेटमा सरकारमा भर नपरी आफैँ पनि प्रतियोगिता सञ्चालन गर्न सक्छौँ भन्ने स्थितिमा पुगेका छौं।’

त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए। मन्त्रालयबाट एनपीएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ।

‘शहरी विकास मन्त्रालयको सचिवज्यूहरुसँग समन्वय गर्दा २४ घण्टा र ३ सिफ्ट गराएर भए पनि यसलाई चाँडोभन्दा चाँडो सक्काएर एनपीएल दोस्रो संस्करणसम्म फ्लडलाइटमै खेलाउनुपर्छ भन्ने प्रतिबद्धताका साथ उहाँले हामीलाई आश्वासन दिनुभएको छ,’ उनले भने।

नेपाली राष्ट्रिय पुरुष टोलीको पूर्वकप्तानसमेत रहेका पारसले राष्ट्रिय टोलीका खेलाडी टप १०/१२ खेलाडी वर्षमा ४०/५० लाख कमाउने स्थितिमा पुगेको बताए। ‘टप १०/१२ जना खेलाडीहरु वर्षमा कम्तीमा ४०/५० लाख कमाउन अवस्थासम्म पुग्नुभएको छ। भने ठ्याक्कै १०/१२ जनाभन्दा मुनि चाहिँ ३०/३५ लाख कमाउने स्थितिमा पुग्नुभएको छ,’ उनले भने।

आर्थिक हिसाबले अहिले क्रिकेटमा खेलाडी र संघको स्तर राम्रो रहेको क्यानका सचिव खड्काले सुनाए। ‘मेरो जेनेरेसनलाई सोध्नु हुँदाखेरि मैले क्रिकेट सुरु गर्दा क्रिकेट संघमा २५ रुपैयाँ भत्ता पाउथ्यो। २५ रुपैयाँबाट सुरु गरेर हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय प्रतियोगितामा २५ डलर पाउथ्यौं,’ उनले भने, ‘वर्षमा ७५० डलर कमाउने त्यो अवस्थामा ब्याट पनि किन्नुपर्‍यो। लुगा पनि किन्नुपर्‍यो। परिवारलाई पनि अलिअलि दिनुपर्‍यो। साथीभाइलाई पनि खुवाउनुपर्‍यो। त्यो संरचनाबाट खेलाडी क्रिकेट जुन अवस्थामा पुगेको छ। आर्थिक हिसाबले खेलाडीहरु, क्रिकेट संघ धेरै राम्रो स्तरमा पुगेको छ।’

सन् २०२४ मा भएको टी–२० विश्वकप भारतपछि सबैभन्दा धेरै नेपालको फ्यान, फलोइङको रहेको खड्काले जिकीर गरे। ‘नेपालले अमेरिकामा विश्वकप खेल्दा त्यहाँ ८ हजार, ९ हजार डालसको ग्राउण्डमा थिए भने त्यहाँ ५० जना नेदरल्यान्ड्सका ५० जना र ८ हजार ९ सय ५० जना नेपाली थिए। सन् २०२४ मा भएको टी–२० विश्वकपमा भारतपछि सबैभन्दा धेरै फ्यान नेपालको देखियो मैदानमा,’ उनले भने।

सचिव खड्काले संघले अहिले राष्ट्रियदेखि प्रदेशसम्मका ८०/९० खेलाडी कन्ट्याक्टमा मासिक पारिश्रमिक दिने गरेको बताए। उनले भने, ‘क्रिकेट संघले ३० जना पुरुष र १९ जना महिला खेलाडी, प्रदेशबाट पनि गरी ८०/९० जना खेलाडीलाई कन्ट्याक्ट दिएर खेलाउने अवस्थामा पुगेका छौं। यी सबैकुरा जोड्दा क्रिकेट संघ राम्रो पोजिसनमा छौं।’

संघले अहिले खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसनमा लग्न सकिन्छ भनेर काम गरिएको पारसले सुनाए। ‘खेलाडीको पारिश्रमिक एक लाखलाई दुई लाख कसरी बनाउने ? जिल्ला, प्रदेशबाट नै हाम्रो खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसन रुपमा यसमा लाग्न सकिन्छ भनेर इन्डस्ट्री बनाउनुपर्छ भनेर अगाडि बढेका छौं,’ उनले भने।

एनपीएलले खेलकुद संस्कार विकास गरेको पारसले सुनाए। ‘एनपीएल सकिएसँगै जनकपुर बोल्ट्सले मधेश प्रदेशमा गएर जानकी मन्दिर अगाडी गएर ट्रफि टुर गर्दाखेरि कसैले नबोलाइकन ५/७ लाख मान्छेहरु यो मेरो टिम हो भनेर टिमलाई समर्थन, ट्रफीलाई एकपटक छुनका लागि जानुभयो,’ उनले भने, ‘त्यो सुन्दा, देख्दाखेरि एनपीएलबाट संस्कार, खेलकुद पनि प्र्राथमिकतामा पर्छ। खेलकुद विकास गर्नुपर्छ भनेर सबै जनामा आफ्नो पन आएको फिल भएको छ।’

प्रकाशित: २०८१ फाल्गुण १८ गते आईतबार ०६:३४
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना