२०८३ कार्तिक १२ गते बुधबार

तेक्वान्दोमा राम र सन्ध्या तथा आइटिएफ तेक्वान्दोमा सुस्मिता र मनीषलाई स्वर्ण

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ९
taekwondo bagmati2
तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं(जेठ ८) –दोस्रो बाग्मती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६ दशमलव ६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा रामेछापकी सन्ध्या लामा ७ दशमलव ६६ अंकसाथ शीर्ष स्थानमा रहिन् । दोलखाकी हिमाला अधिकारी दोश्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेश्रो बने ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य हात पारे । पुरुषको समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।

त्यस्तै, ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।

तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् । यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे । यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे । जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए । नीलो पेटीतर्फ महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।

यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए । पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पार्‍यो । महिलातर्फ भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो ।

प्रकाशित: २०८० जेठ ९ गते मङ्गलबार १०:५०
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना