कीर्तिपुर- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट बनाउन थालिएको छ।
निर्माण कम्पनी बीकेओआई-केसीडीसी-बीजी जेभीले प्यारापिट बनाउन थालेको हो।
४३ करोड ७७ लाख ३० हजार ११३ मा कम्पनीले ठेक्का पारेर काम थालेको छ।
बुधबार शुभसाइत पारेर पूजा गरी प्यारापिट बनाउने कार्यको सुरुवात गरेको हो।
वैशाख २४ गतेसम्ममा काम सक्ने योजनाका साथ काम थालिएको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए। ३ सिफ्टमा काम हुने पौडेलले बताए।
















