२०८३ कार्तिक १२ गते बुधबार

कीर्गिस्तानलाई हराउँदै भारत महिला च्यालेन्ज कपको सेमीफाइनल नजिक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ९
nepal_cava_volleyball

काठमाडौं – भारतले नेपालमा जारी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै सेमीफाइनल नजिक पुगेको छ। त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै भारतले सेमीफाइनल सम्भावना बलियो बनाएको हो।

प्रतियोगिताको उपाधि दावेदार रहेको भातरले ३–० को सेटमा जित निकालेको हो। पहिले सेटमा २५–१७ को जित निकालेको भातरले दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–५ को जित निकालेको हो।

यो जितसँगै समूह एमा रहेको भारतले ६ अंक बनाएको छ। अब उसले अर्को खेलमा घरेलु टिम नेपालको सामना गर्नेछ। यता कीर्गिस्थानले पहिलो दिनको खेलमा नेपालसँग सोझो सेटमा हार बेहोरेको थियो। आज पनि हार बेहोरेपछि कीर्गिस्थान सेमीफाइनलमा स्थान बनाउनबाट बञ्चित भएको छ।

उसले, अब बरियताका लागि प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ।

घरेलु टिम नेपालले आजै हुने अर्को खेलमा बंगलादेशको सामना गर्नेछ। यस्तै मंगलबार नै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।

तर काभाले बनाएको तालिका अनुसार वरियताको खेलसमेत खेल्नुपर्ने छ। नेपालले लगातार जित निकालेमा फाइनलपुग्नेछ भने सेमीफाइनलमा हार बेहोरेमा पनि वरियताका लागि खेल खेल्नु पर्नेछ।

प्रकाशित: २०८० जेठ ९ गते मङ्गलबार ११:२९
प्रतिक्रिया

थप समाचार

कप्तानबाट बर्खास्त भएका हरिहजुरले फिर्ता लिए प्रशिक्षणबाट आफ्नो नाम

काठमाडौं – स्वास्थ्यको कारण देखाउँदै राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापाले एसियाडको प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन्। चीनमा हुने एसियाली खेलकुदका लागि िभलिबल संघले बोलाएको...

भलिबलका हरीहजुर बर्खास्त, मान बहादुर बने नयाँ कप्तान

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ। नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति...

भलिबल खेलाडी अमृत क्षेत्रीद्वारा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई...

एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौ – काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको...

एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना