काठमाडौँ – १० खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिकाविरुद्ध १-० को जित निकाल्न सफल भएको छ।
खेलको २२औं मिनेटमा नै विपक्षी खेलाडीलाई लडाएपछि पाउ कुबार्सीलाई रेफ्रीले सीधै रातो कार्ड दिएका थिए। बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै उनले लडाएका थिए।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
तर ६१ औं मिनेटमा बार्सिलोनाले अग्रता लियो। राफिन्हाले बेन्फिकाको डी एरियाभन्दा बाहिरबाटै शानदार गोल गरे। जारी सिजनमा २५ औं तथा च्याम्पियन्स लिगमा नवौं गोल हो।
बार्सिलोना र बेन्फिकाबीचको दोस्रो लेग मंगलवार क्याम्प नाउमा हुनेछ।
यता लिभरपुलले भने यही लिगमा अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १-० ले हराएको छ। आज बिहान सकिएको खेलमा २७ वटा प्रहार गर्दा पनि पीएसजीले गोल गर्न सकेन। लिभरपुलका गोलकिपर एलिसनले नौ वटा प्रहार बिफल बनाएका थिए । लिभरपुलले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गरेको थियो।
मोहम्मद सलाहको ठाँउमा मैदान प्रवेश गरेका हर्वी इलियटले आफ्नो पहिलो टचमै गोल गरेका थिए । ड्रविन नुनेजले दिएको सुन्दर पासमा उनले गोल गरेका हुन्। यी दुईबीच दोस्रो लेग मंगलबार लिभरपुलको मैदानमा हुनेछ।
यस्तै बायर्न म्युनिखले बायर लेभरकुसनलाई हराउँदा इन्टर मिलानले फेयनोर्डमाथि जित निकालेको छ।


