काठमाडौँ- एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष एवं स्याङ्जा जिल्लाका अध्यक्ष विष्णु गिरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका-१४ का ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले मंगलबार घरबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कास्कीले फागुन २ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।
स्याङ्जा प्रहरीले पक्राउ परेका गिरीलाई कास्की प्रहरीको जिम्मा लगाइएको छ।
कास्की प्रहरी जिल्ला अदालत कास्कीमा हाजिर गराइ जबरजस्ती करणी मुद्दामा ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए।


