भरतपुर- भरतपुर महानगरपालिका पुलचोकदेखि टिकौली जंगलछेउको गोन्द्राङसम्मको ६ किलोमिटर सडक ६ लेनको बनेको छ।
यो सडकको निर्माण सम्पन्न भएपछि भरतपुरको मुहार फेरिएको हो।
२०७७ कात्तिक ११ गतेदेखि सडक विस्तारको काम सुरु भएको काम सकिएसँगै भरतपुर चटक्क परेको हो।
१ अर्ब ७६ करोड लागतमा निर्माण कम्पनी इन्डो–सगुन जेभीले तीन पटक म्याद थप पाएर निर्माणकार्य सम्पन्न गरेको हो। सडकमा स्मार्ट बत्ती जडान गरिएको छ।
सडकको दायाँ–बायाँ ११.५ मिटरको एक्सप्रेस लेन छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाएको छ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ। सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ।















