२०८३ कार्तिक १२ गते बुधबार

आजदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २५
cricket

काठमाडौँ –  प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

प्रधानमन्त्री कपका सम्पूर्ण खेलहरू लुम्बिनी प्रदेशको तीन वटा खेल मैदानमा हुने भएको छ। यसको लागि तीनवटै खेल मैदानसँगै प्रतियोगिताको सबै तयारी पूरा भएको छ।

प्रतियोगितामा आज तीन खेल हुनेछन्। बिहान ९ बजे कर्णाली र सुदूरपश्चिम घोराहीमा भिड्नेछन्। यस्तै सोही समयमा भैरहवामा बागमतीले एपीएफको सामना गर्नेछ। त्यसैगरी सिद्धार्थनगर रंगशालामा कोशी र लुम्बिनी भिड्ने छन्।

लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा यस पटक ४६ वटा खेलहरू खेलाईने छ। यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभलक्रिकेट रंगशाला र दाङ्गको लमहीमा रहेको देउखुरी अन्तर्राष्‍ट्रिय रंगशालामा आयोजना हुनेछ।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ्गका अनुसार यी सबै रंगशालामा प्रतियोगिता सञ्चालनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाउँदै छन्।

यी सबै टोलीहरूले एक अर्कासँग खेल्नुपर्नेछ। गुरुङ्गकाअनुसार सबै रंगशालामा सबै टोलीले खेल्ने गरि प्रतियोगिताको तालिका मिलाइएको छ। यस अनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा उद्घाटन र फाइनल खेल समेत गरि जम्मा १७ वटा खेलहरू हुनेछन्।

एक्स्ट्राटेक ओभलमा १५ र लमहिको देउखुरी रंगशालामा १४ वटा खेलहरू हुनेछन्। गुरुङ्गले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसंगै होटल, तथा पर्यटन व्यवसाय चलायमान हुने बताए।

यस अघि काठमाडौंंमा २ वटा मात्र खेल मैदान भएको कारण राउण्ड रोबिनको आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघलाई अप्ठ्यारो हुदै आएको थियो।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीनवटै खेलमैदानहरू उत्कृष्ट भएको कारण क्यानले प्रतियोगिताको आयोजना निर्णय गरेको बताए।

काठमाडौं बाहिर पनि क्रिकेटको माहौल बनाउन र काठमाडौं बाहिर पनि क्यानले क्रिकेट गराउन सक्छ भन्ने अन्तर्राष्‍ट्रिय सन्देश दिन प्रतियोगितालाई पहिलो पटक बाहिर लगिएका सिंहले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना हुनेछ।

प्रकाशित: २०८१ फाल्गुण २५ गते आईतबार ०८:२५
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना