काठमाडौँ – च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल आज भारत र न्युजिल्यान्डबीच हुँदैछ ।
खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । यहाँ दुवै टोली दोस्रो पटक आमनेसामने हुनेछन् । पछिल्लो खेलमा भारत इन्डिया ४४ रनले विजयी भएको थियो ।
भारतले यहाँ अहिलेसम्म एउटा पनि ओडीआई हारेको छैन। टोलीले १० खेल खेलेको छ र ९ जितेको छ । एक खेलमा बराबरी भएको थियो । यहाँ स्लो पिचका कारण स्पिनरहरू गेम चेन्जर हुन सक्नेछन्।
दुई टोलीबीच हालसम्म ११९ ओडीआई खेलिएको छ । जसमा भारतले ६१ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । यसबाहेक ७ खेलको नतिजा आएको छैन । जबकि एक खेल बराबरी रह्यो । भारतले न्युजिल्यान्ड विरुद्धको पछिल्लो ६ वटा एकदिवसीय खेल जितेको छ ।
दुवै टोली यस च्याम्पियन्स ट्रफीमा पछिल्लो पटक भिड्दा भारत ४४ रनले विजयी भएको थियो ।
भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले यस च्याम्पियन्स ट्रफीमा भारतका लागि सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा २१७ रन बनाएका छन् । पाकिस्तानविरुद्धको खेलमा कोहलीले शतक प्रहार गरेका थिए । उनले अविजित १०० रन बनाएका थिए । बलिङमा फास्ट बलर मोहम्मद शामी शीर्ष स्थानमा छन् । उनले ४ खेलमा ८ विकेट लिएका छन् ।
रचिन रविन्द्रले यस प्रतियोगितामा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाएका छन्। उनले ३ खेलमा २२६ रन बनाएका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध शतक र छैटौं खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए । बलिङमा म्याट हेनरी टोली र प्रतियोगिता दुवैको सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ४ खेलमा १० विकेट लिएका छन् ।
दुबईको पिच ब्याट्सम्यानका लागि चुनौतीपूर्ण सावित हुने देखिन्छ । अहिलेसम्म यहाँ च्याम्पियन्स ट्रफीका ४ वटा खेल भइसकेका छन् । स्लो पिचका कारण ४ मध्ये १ खेलमा २५० प्लस स्कोर भएको छ । स्लो पिच भएकाले फाइनलमा भारतीय स्पिनरहरूले फाइदा लिन सक्ने देखिन्छ।
यहाँ दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीको जितको रेकर्ड राम्रो छ । भारतले पछिल्ला ४ मध्ये ३ खेल पछ्याउँदै जित निकालेको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने निर्णय लिन सक्छ ।
यहाँ अहिलेसम्म ६२ ओडीआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २३ खेल जितेको थियो भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेको थियो। यहाँ उच्चतम स्कोर ३५५/५ बनेको छ, जुन इङ्गल्यान्डले सन् २०१५ मा पाकिस्तानविरुद्ध बनाएको थियो।


