काठमाडौँ- ला लिगा अन्तर्गत बार्सिलोना र ओसासुनाबीचको खेल अन्तिम समय स्थगित गरिएको छ। टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको निधन भएपछि शनिबारका लागि तय गरिएको खेल सुरु हुनुभन्दा २० अघि मात्र खेल स्थगित गरिएको थियो।
‘टिमका डाक्टर कार्ल्स मिनारो गार्सियाको निधनको खबरले फटबल क्लब बार्सिलोना स्तब्ध छ,’ क्लबले एक्समा पोस्ट गरेको छ। यही कारणले खेल स्थगित भएको हो।
हान्सी फ्लिकको टोलीले ११औँ स्थानमा रहेको टोलीविरुद्ध जित हासिल गर्दै शीर्ष स्थानमा अग्रता बनाउने तयारी गरिरहेका बेला समर्थकहरू ओलम्पिक स्टेडियममा पुगिसकेका थिए। २० मिनेटअघि मात्र ठूलो स्क्रिनमा खेल स्थगित गरिएको सूचना प्रकाशित गरिएको थियो।

