न्यु साउथ वेल्स- आँधीबेहरी र मुसलधारे वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्र अन्धाकारमय बनेको छ। ३ लाखभन्दा बढी संरचना अन्धकारमय बनाएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
भारी वर्षाका कारण केही भूभाग डुबानमा परेको छ। एक चालकको मृत्यु भएको र एक दर्जन सैनिक घाइते भएको पुष्टि भएको बताइएको छ।
आइतबार लाखौँ मानिसहरू बिजुलीविहीन बनेका छन्। भिडियो र तस्बिरहरूले दक्षिणपूर्वी क्विन्सल्याण्ड र उत्तरपूर्वी न्यू साउथ वेल्सका केही भूभाग बढी प्रभावित भएको छ।
क्वीन्सल्याण्डको हर्भे बेको रिसोर्टमा विगत केही घण्टामै २३ सेन्टिमिटर (नौ इन्च) वर्षा भएको छ। यसका कारण घरहरू डुबानमा परेका र उद्धार कार्य कठिन भएको क्विन्सल्यान्डका प्रिमियर डेभिड क्रिसाफुलीले बताएका छन्।
पत्रकार सम्मेलनमा क्रिसाफुलीले भने, ‘मौसम प्रणालीले आन्तरिक रूपमा सर्दै जाँदा “मौसम प्रणालीले निरन्तर प्रभाव पारिरहेको छ। राज्यभर बन्द गरिएका हजार भन्दा बढी विद्यालयहरू सोमबारदेखि खुल्न थाल्ने उनको भनाइ छ।
दक्षिणपूर्वी क्वीन्सल्यान्डमा लगभग तीन लाख घर र व्यवसाय तथा उत्तरपूर्वी न्यू साउथ वेल्समा १६ हजार घरहरूमा आइतबार पनि बिजुलीविहीन रहेको उनको भनाइ छ।
‘ग्राहकहरू केही दिनसम्म बिजुली बिना बस्न तयार हुनुपर्छ,’ क्विन्सल्यान्डको एसेन्सियल इनर्जीले भनेको छ।


