२०८३ कार्तिक १७ गते सोमबार

परम्परा जोगाउँदै अठारौँ शताब्दीदेखिको माध्यमिकी परिक्रमा यात्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
madhyamiki

जलेश्वर (महोत्तरी) – नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ ।

भगवान् रामचन्द्र (मिथिलाबिहारी) र माता सीता (किशोरीजी) को डोलासँगै १५ दिनसम्म नेपाल र भारतका विभिन्न १५ धार्मिकस्थलमा बास बस्दै गरिने यस परिक्रमा यात्राले संसारको सबै दुःख, कष्टबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउँछन्।

१५ दिनसम्म चल्ने माध्यमिकी परिक्रमा लामो पैदल यात्रा रहेकाले यस यात्रालाई मिथिलाको महाकुम्भ मानिन्छ । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाको क्रममा नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्रामस्थल छन् ।

विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ ।

मिथिलामहात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ ।

यात्राभरि यात्रीहरूसँग भगवान् रामचन्द्र र माता सीताले यात्रा गर्ने विश्वास गरिन्छ । यात्रीले मृत्युपश्चात् स्वर्ग प्राप्त गर्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी फागुन पूर्णिमाको तिथिपारि पारेर होली खेलेर समापन गरिन्छ । सीताको जन्मभूमि जनकपुरधाम ऐतिहासिक मिथिला राज्यमा पर्दछ भने मिथिलाका राजा जनकले प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको किंवदन्ती छ ।

जलेश्वर नगरपालिका–८ का पं बद्रीनारायण झाका अनुसार भगवान्को भक्ति गर्दै भगवान्सँगै गरिने यस यात्राका सहभागीहरूले चारधामको यात्रा बराबर फल प्राप्त गर्ने विश्वास गरिन्छ ।

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाका दिन मिथिला नगरपालिकाको कचुरी गाउँमा अवस्थित मिथिला विहारीको कुटीबाट मिथिला विहारी (भगवान् रामचन्द्र) तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजी (माता सीता) को डोला (पालकी) का साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी, भजनकीर्तन र साधुसन्त, महात्मा तथा हजारौँ यात्रीहरू परिक्रमा यात्रा सुरु गर्छन् ।

जनकपुरको हनुमानगढीबाट सुरु हुने परिक्रमाका यात्री पहिलो बासका लागि सीमावर्ती भारतीय गाउँ कलानेश्वर पुग्छन् । भजनकीर्तन गर्दै भगवान्को डोलाको अघिपछि पुग्ने यात्रीहरू राति भगवान्कै डोलाको चारैतिर बसेर भजनकिर्तन गर्ने, खानपिन गर्ने र सुतेर रात बिताउँछन् ।

दोस्रो दिन भारतकै सीमावर्ती गाउँ गिरिजास्थानमा बासका लागि पुग्छन् । तेस्रो रातको विश्रामका लागि नेपाल प्रवेश गर्दै महोत्तरीको मटिहानी आइपुग्छन् । यहाँ परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गर्दै विश्रामस्थलमा खानपानको व्यवस्था गर्दै आएको छ ।

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधिभएको सम्झना गरिँदै यहाँ परिक्रमाको तेस्रो दिनको पराव (विश्राम) गरिने गरिन्छ । यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, महोत्तरी गाउँपालिकाको मडैगाउँमा पाँचौँ, बलवा नगरपालिकाको धु्रवकुण्डमा छैटौँ र भङ्गहा नगरपालिकाको कञ्चनवन गाउँमा सातौँ दिनको बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वता पुग्छन् ।

धनुषाकै धनुषाधाममा नवौँ, षतोषरमा दशौँ, औरहीमा एघारौँ, फेरि भारतको करुणामा बाह्रौँ, भारतकै विशौलमा चौधौँ र अन्तिममा जनकपुरधाममा आएर पन्ध्रौँ दिनको विश्राम गर्ने परम्परा छ ।

यस परिक्रमा यात्रामा नेपाल–भारतका हजारौँ साधु, सन्त महन्थ र गृहस्थहरूको सहभागिता रहँदै आएको छ । यात्रामा मिथिलाञ्चलका प्रत्येक गाउँ बस्ती मात्रै नभएर प्रत्येक घरका वयोवृद्धसहित तीनै पुस्ताको उल्लेख्य सहभागिता रहने गरेको छभने कतिपय घरका सदस्यहरूले जीवनमा पाँच पटक, सात पटक र कसैकसैले १० पटकसम्म यात्रा गरेको पाइन्छ ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार यात्राका क्रममा नेपाल र भारतका १५ वटै पराव (विश्राम) स्थलमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । जहाँ लाखौँ रुपैयाँको कारोबार हुने गर्दछ । उनका अनुसार यस मेलामा खाद्यान्नदेखि घरायसी प्रयोजनका सामग्रीको किनमेल, खेल मनोरञ्जनलगायतका क्षेत्रमा व्यापार हुने गर्दछ ।

यस वर्ष फागुन १५ गतेदेखि सुरु भएको १५ दिने माध्यमिकी परिक्रमा यही फागुन २९ गतेसम्पन्न हुनेछ ।

प्रकाशित: २०८१ फाल्गुण २७ गते मङ्गलबार १२:३५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना