२०८३ कार्तिक १२ गते बुधबार

अपांगता भएका विद्यार्थीलाई सहुलियत दिने काठमाडौँ महानगरको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
ble_ktmMetro

काठमाडौं। अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ।

आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको वैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियत सम्बन्धी निर्णय गरेको हो।

विभागका अनुसार अहिलेसम्म ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरुलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ। समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो संख्या प्राप्त भएको हो।

शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ। यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन्। उत्तरपुस्तिकालगायतका परीक्षासँग सम्बन्धित सामग्रीहरु शिक्षा विभाग वा तोकिएको परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ।

विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन्।

महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरुले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ। यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ।

आगामी शैक्षिक सत्रका लागि शुरुवातकै दिनमा शिक्षा विभागले विकासात्मक अपाङ्गता भएका बालबालिकाको विवरण संकलन र विश्लेषण गर्नेछ। विभागले, त्यस्ता बालबालिकाका लागि सिकाइ र मूल्याङ्कनका राष्ट्रिय परीक्षा वोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर छुट्टै मापदण्ड तयार गर्ने निर्णय भएको छ।

हात भाँचिएका वा आफैं हातले परीक्षा लेख्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट प्राप्त भएको निवेदन, मेडिकल रिपोर्ट, सहायक विद्यार्थीको योग्यतासमेतका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयको विद्यार्थीलाई परीक्षा सहायक राख्न विभागले अनुमति प्रदान गर्न सक्नेछ।

विदेशी विद्यार्थीलाई विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने भएका छन्। उनीहरुले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस भाषाको परीक्षा दिनुपर्नेछ। यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी निर्णय भएको छ। उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ।

सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्नपत्र अंग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ। यस प्रश्नपत्रमा विद्यार्थीहरुले उत्तर दिन पाउनेछन्।

परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई विभागले केन्द्राध्यक्षका रुपमा नियुक्ति गर्नेछ। प्रधानाध्यापकको कार्यभारका कारण केन्द्राध्यक्ष रहन नसक्ने अवस्थामा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गर्न सकिने बैठकले निर्णय गरेको छ।

ज्ञवालीको अध्यक्षतामा गठित समितिमा रामप्रसाद ढुंगाना, मञ्जु मग्राती, विष्णुहरि अधिकारी, रविन वस्नेत, श्याम योञ्जन सदस्य रहेका छन्। यस्तै शिक्षा अधिकृत ओमप्रसाद गौतम सदस्य सचिव रहेका छन्। कोडिङ् र डिकोडिङ् गरेर उत्तरपुस्तिका परीक्षणको काम विभागले गर्नेछ। यो काम स्रोत केन्द्रहरुबाट हुनेछ। महानगरपालिकाभित्र ११ वटा स्रोत केन्द्र छन्।

प्रकाशित: २०८१ चैत २ गते शनिवार ०९:५१
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना