काठमाडौं – यही वर्ष भारतमा हुने आइसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तालिका मंगलबार सार्वजनिक भएको छ। आउँदो महिनामा जिम्बावेमा हुने छनोट प्रतियोगिताको लागि तालिका सार्वजनिक भएको हो।
भारतमा हुने एकदिवशिय विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोटमा टेष्ट मान्यताप्राप्त चार देश र ६ एसोसिएट टिमले खेल्नेछन्।
छनोटमा नेपालले पनि सहभागीता जनाउने छ। आइसीसी विश्वकप लिग २ को तेस्रो स्थानमा रहँदै नेपाल सीधै विश्वकप छनोट पुगेको थियो।
समूह चरणमा नेपालले आयोजक जिम्बाबे, अमेरिका, वेस्ट इन्डिज, नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। यि सबै समुह ए मा रहेका टिम हुन्।
नेपाल र जिम्बावेसँगको खेल जुन १८ तारिखमा रहेको छ। त्यस्तै, अमेरिकाविरुद्धको खेल जुन २० मा वेस्ट इन्डिजविरुद्ध जुन २२ मा रहेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले जुन २४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
समूह चरणमा शीर्ष तीनमा पर्न सफल भएमा नेपालले सुपर सिक्समा स्थान बनाउनेछ। छनोटअघिको वार्म अपको खेल तालिका पनि सार्वजनिक भएको छ। अब नेपालले पहिलो खेल जुन १३ मा युएईसँग अभ्यासे भएको छ। त्यस्तै, नपालले दोस्रो खेल जुन १५ मा ओमनसँग खेल्ने तालिका रहेको छ।
यता नेपालले यो छनोट खेल्नको लागि प्रारम्भिक टिमको घोषणा गरिसकेको छ। अहिले रोहितकुमार पौडेल कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।
यस्तै सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।


