२०८३ कार्तिक १७ गते सोमबार

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण प्रस्तावित संशोधन विधेयक अझै अपूर्ण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १
IMG-20250413-WA0065

काठमाडौं। मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार सञ्चारकर्मीसंग अन्तक्रिया भयो।

संसदमा प्रस्तुत विधेयकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा १८ दफामा संशोधन गरिएको छ। महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा संशोधित विधेयक पनि अपूर्ण रहेकोले थप सुधार गर्नुपर्नेमा जोड दिइयो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल, मानव बेचविखन अनुसन्धान व्यूरोका नायव प्रहरी उपरीक्षक ज्ञानबहादुर विष्ट र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक सविन श्रेष्ठले विधेयककोबारेमा चर्चा गर्दै थप सुधार गर्नुपर्नेमा जोड दिए।

संशोधित विधेयकलाई पूर्ण बनाउन अझै धेरै मेहनत गर्नुपर्ने उनीहरुको भनाई थियो। कार्यक्रममा उपसचिव पौडेलले १८ वटा बुँदामा संशोधन प्रस्ताव गरिएको विधेयकका बारेमा स्पष्ट पारेकी थिइन्। उनले संशोधित विधेयकले धेरै कुरा समेटेको भए पनि अझैं पूर्ण नभएको बताइन्।

यो विषयमा उच्च तहका जिम्मेवार व्यक्ति चिन्तित नभएकाले प्रस्तावित विधेयक पूर्ण हुन नसकेको उनको भनाइ थियो। विधेयकमा धेरै कुरा समेटिए पनि स्पष्ट हुन केही कुरा बाँकी रहेकाले यसलाई पूर्ण भन्न नसकिएको उनको भनाइ थियो।

पुनस्र्थापना कोषमा जम्मा हुने रकम र त्यसको खर्चबारे पनि उपसचिव पौडेलले स्पष्ट पारिन्। राज्यकै कोषबाट खर्च गर्नुपर्ने भएकाले पुनस्र्थापना कोषमा आवश्यक रकम अभाव भइरहने उनको भनाई थियो।
यसैगरी मानव बेचविखन ब्यूरोका नायव प्रहरी उपरिक्षक विष्टले संशोधित विधेयकमा धेरै कुरा समेट्न बाँकी रहेकाले कानुनी तथा अनुसन्धान प्रक्रियासँग सम्बन्धित धेरै चु्नौति रहेको बताए। उनले अनुसन्धान अवधि २५ दिन मात्र हुनु, मानव बेचविखनको परिभाषा संकुचित रहनु र पार्लेमो पोर्टोकलमा भएको ‘श्रम शोषण र यौन शोषणलाई वर्तमान विधेयकले नसमेटेको स्पष्ट पारे।

मानव तस्करीको अस्पष्ट, अधुरो व्यवस्था, छुट्टै मानव तस्करी नियन्त्रण गर्ने कानुनको अभाव, अप्रयास क्षतिपूर्ति, विदेशमा बारदातमा प्रमाण संकलनमा कठिनाइ रहेको उनको भनाइ थियो। उनले उद्दार तथा पक्राउ गरी स्वदेश फिर्ता ल्याउने प्रभावकारी संयन्त्रको अभाव तथा मानव बेचविखनमा संलग्न विदेशी नागरिकको पहिचान नखुल्ने हुँदा उनीहरुलाई कानुनी दायरामा ल्याउन कठिनाइ हुने बताए।

ब्यूरो प्रमुख विष्टले विधेयकमा भएको शाब्दिक त्रुटी औंल्याएका थिए। उनले अहिलेसम्म भएका घटनाको तथ्यांक प्रस्तुत गर्दै भिजिट भिषाको चरम दुरुपयोगले, विदेशमा महिला शोषणको शिकार हुने गरेको बताए।

यसैगरी विधेयकमा छुटेका विषयहरुमाथि चर्चा गर्दै अन्तर्राष्ट्रिय अभिसन्धी मुताविक संशोधन हुन नसकेको एफडब्लुएलडीका कार्यकारी निर्देशक श्रेष्ठले बताए। उनले संशोधनका बुँदाहरु प्रस्तुत गर्दै संशोधित विधेयकमा धेरै राम्रो कुरा समेटिएको तर अझै अपुग भएको उल्लेख गरे।

उनले विधेयकमा कार्ययोजना र नीति नल्याएको भन्दै पार्लेमो प्रोटकलअनुसार विधेयक नभएको स्पष्ट पारे। संशोधित विधेयक पहिलेभन्दा अग्रगामी भएको तर पूर्ण नभएकोले यसलाई संसदीय समितिले छुटेका विषयहरु समेट्ने अवसर भएको श्रेष्ठले बताए।

प्रकाशित: २०८२ बैशाख १ गते सोमबार ०५:०७
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना