काठमाडौँ- विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरूले नाचगान आन्दोलन सुरु गरेको १६ दिन पुगेको छ।
आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरे पनि नेपाल शिक्षक महासंघले अस्वीकार गर्दै निरन्तरता दिएको हो।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन्। सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन्।


