ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्।
नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्।
मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको खेल हेर्नेछन्।
उनी बुधबार नै फर्कने कार्यक्रम छ।
५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए। तर, उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ।








