काठमाडौँ- वैशाखकृष्ण पक्ष औँसीमा आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व श्रद्धाभक्तिका साथ मनाउने क्रम जारी छ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लागेको छ। बिहानैदेखि मातातीर्थमा श्रद्धालुहरुको भिड लागेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


