२०८३ कार्तिक १७ गते सोमबार

आमा-बाबु जोडिएको एक बालक हत्या-कथा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १८
gardening, template, arrow, youtube (Copy)

काठमाडौं– बाँकेमा एक नौ बर्षीय बालक हत्या गरी गाडेको अवस्थामा शव फेला परेको थियो। यो हत्या प्रकरणको कारुणिक यथार्थ प्रहरी अनुसन्धानका क्रममा खुल्ने क्रममा रहेको छ।

बैजनाथ गाउँपालिका वडा नम्बर–४ नौलापुरस्थित कुलोमा बालकको शव गाडिएको अवस्थामा भेटिएको थियो।

बालक हराएको सातौं दिनमा प्रहरीले सडेगलेको अवस्थामा गत शव फेला पारी यस प्रकरणमो खोजीनीति थालेको थियो। यो १० दिनअघिको कुरो हो।

घटनाको अनुसन्धानका क्रममा कुशलको हत्यामा उनकै आमा ३२ वर्षीया यशोदा बुढा र उनका दोस्रा पति ३३ वर्षीय निरकनाथ योगीको संलग्नता भेटिएको छ।

दुवैलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धानको काम जारी राखिएको छ।

प्रमुख विवादचाहिँ हत्या गरिएका बालक कुशल कसका छोरा हुन् भन्ने थियो।

यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्।

निरकनाथ यशोदाका दोस्रो पति हुन्। पहिलो पति बाँकेको जानकी गाउँपालिका ३ घर भएका व्यक्तिको मृत्यु भएको ७ बर्षअघि भयो। पहिला पतिबाट नै कुशलको जन्म भएको थियो।

पहिलो पतिको मृत्युपछि मजदुरी गर्ने दैलेखको दुल्लु नगरपालिका–११ का निरकनाथसँग विवाह गरिन्।

यहाँसम्म कि आफूलाई एकल महिला बताएर उनले जानकी गाउँपालिका वडा नम्बर ३ बाट भत्तासमेत लिँदै आएकी यशोदाले दोस्रो बिहे गरेको पनि ढाँटेकी थिइन्। यो अनुसन्धानका क्रममा खुलेको तथ्य हो।

उनीहरू कोहलपुर नगरपालिका ११ कृषि चोकमा बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार यशोदाले कुशललाई कोहलपुर माविमा पढाएकी थिइन्। उनी कक्षा ३ मा पढ्थे।

विद्यालयमा उनले कुशलको बाबुको नाम सन्तोष खनाल लेखाएकी थिइन्। यद्यपि कुशलको बाबु मुस्लिम समुदायको रहेको खुलेको छ।

निरकनाथलाई भने अनेक भनेर कुशल आफ्नो छोरा नभएको विश्वास दिलाउँदै आएकी थिइन्। कुशललाई भने इद पर्वमा घर पठाउँथिन्। उनी नेपालगन्जसम्म जान्थिन्।

कुशल कसको छोरा हो भन्ने विषयमै यशोदा र निरकनाथबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। निरकनाथले कुशल यशोदाका नै छोरा रहेको दाबी गरे। लामो समयसम्म विवाद चर्कियो। अनि दुवै मिलेर कुशलको हत्या गरे।

दुई जना मिलेर छोराको हत्या गरेपछि यशोदा आफैले छोरा हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदन दिए पनि उनले त्यति धेरै चासो नदेखाएपछि प्रहरीको अनुसन्धानले नयाँ मोड लियो। अनुसन्धान यशोदा र निरकनाथतिर सोझियो।

वैशाख ८ गतेदेखि हराएको भनिएको कुशलको शव नौलापुरमा पानी नआउने कुलोमा गाडिएको अवस्थामा भेटिएको थियो। शव भेटिएको ठाउँ उनीहरूको डेराभन्दा झन्डै १३ किलोमिटर पर हो।

प्रहरीका अगाडि यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्। कुशल मृत भेटिएको खबर पाएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए। यसपछि भने प्रहरीले अनुसन्धान मोड्यो।

‘पक्राउ गरी प्रारम्भिक बयान लिने काम भयो’, प्रहरी स्रोतले भन्यो,‘यस क्रममा हत्यामा उनीहरुको संलग्नता देखिएको छ। घरमा नै हत्या गरेर गाडेको हो कि शव भेटिएको ठाउँमा नै हत्या गरिएको हो, अनुसन्धान जारी छ।’

प्रकाशित: २०८२ बैशाख १८ गते बिहिबार १०:३४
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना