काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको छ। शुक्रबारको बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए।
एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप लगाएकाले उक्त भनाइ रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखे।
यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए। उक्त विषयमा सरकारले जवाफ दिनुपर्ने र दाहालले माफी माग्नुपर्ने भन्दै एमाले सांसदहरूले विरोध गरेका थिए। विरोधका क्रममा उनीहरूले सभामुखको वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।
हेर्नुहोस् तस्बिरहरू















