काठमाडौँ- डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्था बनेको छ। सबैभन्दा बढी कर तिरेको भन्दै नेपाल सरकारले फोनपेलाई सम्मान गरेको हो।
काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ८औं राष्ट्रिय आइसिटी दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई सम्मान गरेका हुन्।
सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्द्धनमा गरेको योगदानको उच्च मूल्यांकन गर्ने बताइएको छ।
‘नेपाल सरकारबाट प्राप्त यो सम्मान हाम्रो लागि अत्यन्त गौरवको विषय हो,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, ‘फोनपेमा हामी जिम्मेवार कर्पोरेट नागरिकता र नवीनताबीच गहिरो सम्बन्ध रहेको विश्वास गर्छौं। यो सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ, साथै आइसिटी क्षेत्रको अग्रणी संस्था रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौं।’


