ललितपुर- बिहीबार रातो मच्छिन्द्रनाथको रथले ललितपुरको लगनखेलस्थित माजु सिमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन्।
मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो।
वर्षा र सहकालको कामनासहित सम्पन्न यो परम्परा रथयात्राको एक महत्त्वपूर्ण धार्मिक पक्ष मानिन्छ।
शुक्रवार रथको माथिबाट नरिवल फाल्ने कर्म गरिनेछ। रथबाट फालिएको नरिवल समाउनेलाई सन्तान प्राप्ति हुने जनविश्वास छ।
रातो मच्छिन्द्रनाथको रथमाथिबाट नरिवल फाल्ने कर्म सम्पन्न हुने दिनको अवसरमा ललितपुर महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


