रियल म्याड्रिडमाथि बार्सिलोनाले ४-३ गोलको रोमाञ्चक जित निकालेको छ।
ला लिगाअन्तर्गत सिजनको बहुप्रतिक्षित एल क्लासिकोमा भएको खेलमा घरेलु मैदान मैदानमा हात पारेको जितसँगै बार्सिलोना सिजनको लिगको उपाधि नजिक पुगेको छ। अन्तिम तीन खेल बाँकी छदा बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडसँग सात अंकको अग्रता बनाएको छ। जितसँगै बार्सिलोनाले सिजनमा खेलिएका चार वटै एल क्लासिकोमा जित निकालेको छ।
आइतबार भएको खेलको पाँचौँ मिनेटमा रियल म्याड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले १४औँ मिनेटमा अर्को गोल थप्दै रियललाई २-० को अग्रता दिलाए। तर बार्सिलोनाले पनि खेलमा फर्कदै सम्हालिन सफल भयो।
१९औँ मिनेटमा एरिक गार्सियाले गोल गर्दै स्कोर २-१ मा ल्याए। खेलको ३२औँ मिनेटमा युवा स्टार लामिन यमालले उत्कृष्ट गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
दोस्रो हाफमा रियल म्याड्रिडले खेलमा फर्कने प्रयास गर्यो। ७०औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गर्दै स्कोर ४-३ मा ल्याए। तर पनि थप गोल हुन नसक्दा एम्बाप्पेको ह्याट्रिक पनि रियललाई जित निकाल्न काफी हुन सकेन।


