२०८३ कार्तिक १३ गते बिहिबार

ट्रम्पले तोडे परम्परा, साउदीबाट थाले विदेश भ्रमण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
tMB

रियाद– अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको रियाद आइपुगेका छन्। दोस्रो कार्यकालको पहिलो कूटनीतिक भ्रमणका लागि उनी मंगलवार साउदी अरब आइपुगेका हुन्।

योसँगै ट्रम्पले दोस्रो कार्यकालमा विदेश भ्रमणको परम्परा पनि तोडेका छन्। यसअघिका राष्ट्रपतिहरूले कार्यभार सम्हालेपछि मेक्सिको, क्यानडा वा बेलायतको भ्रमण गर्ने गरेका थिए। मेक्सिको र क्यानडा अमेरिकासँग सीमा जोडिएका देश हुन् भने बेलायतसँग अमेरिकाको लामो सम्बन्ध छ। तर यसपालि ट्रम्पले दुवै छिमेकी देशसँग सम्बन्ध सुमधुर बनाउन जोड दिएका छैनन्।

रियाद विमानस्थलमा मंगलबार अवतरण गरेका ट्रम्पलाई साउदीका युवराज मोहमद बिन सलमानले स्वागत गरेका थिए। स्वागत कार्यक्रम सम्पन्न भएसँगै उनले मोहम्मद बिनसँगै भेट गरेर औपचारिक रूपमा भेटघाटका कार्यक्रम सुरु गरेका छन्।

चारदिने भ्रमणका लागि मध्यपूर्वको भ्रमणमा आएका ट्रम्पले कतार र संयुक्त अरब इमिरेटस (युएई)को पनि भ्रमण गर्नेछन्। कतारले ट्रम्पलाई ४० करोड अमेरिकी डलर पर्ने जहाज उपहार दिने योजना बनाएको छ। अमेरिकी राष्ट्रपतिलाई प्राप्त भएको यो हालसम्मकै महँगो उपहार हो। यद्यपि यो जहाज तत्काल प्राप्त नभई ट्रम्प कार्यकालको अन्त्यतिर मात्र प्राप्त हुने बताइएको छ। तर जहाज उपहार लिने विषयमा अमेरिकी प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका छन् भने ट्रम्पले त्यसको बचाउ गरेका छन्।

मध्यपूर्वी देशमा भ्रमण गर्नुको मुख्य लक्ष्य आर्थिक लगानीको सुनिश्चितता गर्नू रहेको बताइएको छ। यद्यपि साउदी अरबले ठूलो मात्रामा अमेरिकाबाट हतियार किन्ने योजना बनाएकाले त्यसका लागि समझदारी पनि हुन सक्ने बताइएको छ। १०० अर्ब डलरबराबरका सैन्य सामग्री र हतियार साउदीलाई बेच्ने योजना ट्रम्पको छ। ट्रम्पको सम्मानमा विशेष भोजको आयोजना पनि गरिने भएको छ।

यो भ्रमणमा ट्रम्प इजरायल जाने छैनन्। बीबीसीका उत्तरअमेरिकी संवाददाता एन्थोनी जर्चरले यो भ्रमणलाई कूटनीतिक र रणनीतिक भन्दा पनि आर्थिक विषयमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

प्रकाशित: २०८२ बैशाख ३० गते मङ्गलबार ०३:४४
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना