काठमाडौँ- बलिउड कलाकार/डान्सर नोरा फतेही काठमाडौँमा अवतरण गरेकी छन्।
शनिवार साँझ काठमाडौँको हायात होटलमा हुन लागेको ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि फतेही काठमाडौँ आएकी हुन्।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमका लागि तीन करोड खर्चेर नेपाल ल्याइएको हो।
कार्यक्रममा नोरासँगै नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्।
नृत्यंगना तेरिया मगर, द भ्वाईस अफ नेपाल-६ का विजेता प्रोसेस पाण्डे र चन्द्रकला राईलगायतले प्रस्तुति दिने भएका छन्।
नोरासँग गायक दुर्गेश थापाको विशेष प्रस्तुति रहेको आयोजकको दाबी छ।


