२०८३ कार्तिक १२ गते बुधबार

जलकुम्भीले सुकाउन थाल्यो ताल र पोखरी

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ १३
jalakumbhi

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फूलेर ढकमक्क छ। यही फूलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ।

पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौंको संख्यामा आउन थालेका छन्। जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ।

भरतपुर महानगरपालिका-५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईंले वनभित्र रहेको किङ फिसर तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए।

‘दैनिक करिब ८ सयसम्म पर्यटक यहाँ आउने गरेका छन्। यो भीड दुई सातादेखि बढेको हो,’ उनले भने। पहिले फाट्टफुट्ट आउने भए पनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको संख्या दिनदिनै बढेको अध्यक्ष चापागाईंको भनाइ छ। बिहान १० बजेदेखि ५ बजेसम्म ताल क्षेत्रमा प्रवेश खुला गरिएको उनले जानकारी दिए।

‘यहाँ आउने पर्यटक जलकुम्भीको फूल टिप्छन्। फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन्। फर्कंने बेला फूलसहितका जलकुम्भी लैजान्छन् पनि,’ उनले भने।

अध्यक्ष चापागाईंका अनुसार वन प्रवेश गरेको एक जनासँग २५ लिने गरिएको छ। पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फूल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए। उनले पानी बग्ने क्षेत्रभन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पुरै ढाकेको बताए।

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए।

‘पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ। जलकुम्भीका फूल पहिले पनि फूल्थ्यो। अहिले फूल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ,’ उनले भने। जलकुम्भीले ताललाई विनास गरेको उनको भनाइ छ।

‘अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ,’ न्यौपानेले भने, ‘हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौं,’ उनले भने।

‘यहाँ आउने पर्यटक जलकुम्भीको फूल टिप्छन्। फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन्। फर्कंने बेला फूलसहितका जलकुम्भी लैजान्छन् पनि,’ उनले भने।

बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फूल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताइन्। ‘प्रत्येक दिन यहाँ आएर सयौंले जलकुम्भीबारे सोध्नुहुन्छ। हामीले तालमा फूल्ने झार हो भनेर जानकारी दिने गरेका छौं,’ उनले भनिन्।

जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। निकुञ्जका पुर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए।

‘यसले तालतलैया सुकाउँदै छ। जहाँत्यही यसको समस्या छ। यसलाई आउनै दिन हुन्न। यसलाई मान्छे लगाएर निकाल्नुपर्छ। नत्र भयावह हुन्छ,’ उनले भने। बीसहजारी ताल जलकुम्भीका कारण संकटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए।

‘मान्छे प्रकृतिमा रमाउन चाहान्छ। अहिले क्षणिक रमाइलो हेरेर हुँदैन। यहाँका तालमा पहिले जलकुम्भी थिएन। यो विदेशबाट आएको हो। यसले यहाँको रैथाने झारलाईसमेत मार्ने गरेको छ,’ उनले भने।

जलकुम्भीको फूल फूल्ने, बाक्लो हुँदै जाने र ताल-माथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो। उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ। ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताए।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए। उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताए।

‘डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ। आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ। यसले दीर्घकालीन रूपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ,’ अधिकृत घिमिरेले भने।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए। उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोतसमेत भएको जानकारी दिए।

‘यहाँका ताल अनुसन्धान केन्द्र (रिचार्ज सेन्टर) हुन्। यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हँुदैन। जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालीन रूपमा यसले वातावरण र तालतलैयामा असर गर्छ,’ समितिका अध्यक्ष ढुंगानाले भने।

सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्राउन अन्य दीर्घकालीन योजना बनाउनुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताइन्। उनले यसको दीर्घकालीन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउनेभन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए। उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताए। घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे।

पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने बनस्पतीलाई समस्याका रूपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालीन समाधान खेज्नुपर्ने बताए।

प्रकाशित: २०८० जेठ १३ गते शनिवार ०६:१९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना