बैंकक- आइसीसी महिला टी २० विश्वकप एसिया क्यावीफायरको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको छ।
थाइल्यान्डमा जारी दुवै प्रतियोगितामा शीर्ष २ मा रहेर दुवै टिमले ग्लोबल क्वालीफायरमा स्थान पक्का गरिसकेका छन्। मंगलवारको विजेताले छनोटको उपाधि जित्ने छन्।
टस जितेको पाहुना टोली नेपालकी कप्तान इन्दू वर्माले फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्।
टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो।
थाइल्यान्डका २ ब्याटरले अर्धशतकीय पारि खेल्दा नेपाली बलरको प्रदर्शन भने विर्सनलायक रह्यो। नानापट कोन्चारोनेकाले २८ बलमा ५० रनको नटआउट पारि खेल्दा नटाया बोचथामले ४२ बलमा ५० रन बनाइन्।
अपिसेरा सुवानचोनराथीले २९ तथा नताकान चन्थमले १५ रन बनाइन्। नेपालका लागि राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए। कविता कुँवर, पुजा महतो, इश्वरी विष्ट र रिया शर्मा विकेटविहीन बन्दा सबैले ६ देखि ८ को इकोनोमीरेटमा रन खर्चिए।
नेपाल र थाइल्यान्ड दुवैले यूएईलाई हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका छन्।


