२०८३ साउन १३ गते बुधबार

सुरु भयो लोमान्थाङको सांस्कृतिक धरोहर तिजी पर्व

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
tiji-parba

मुस्ताङ- उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबारदेखि सदियौँ वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ। उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा यो पर्व शुभारम्भ गरिएको हो। तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व पनि भनिन्छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, तिजी पर्व तीन दिनसम्म मनाइन्छ। यो एक किसिमको धार्मिक पूजा हो, जसलाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेका हुन्। उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस् र सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको छ।

पर्वका बेला उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषा र गरगहना लगाउने गर्छन्। तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ। उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने प्रचलन छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले तिजीलाई उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए। यो पर्वले यस क्षेत्रको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा नागरिकलाई भावनात्मक रूपमा एकताबद्ध गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।

लोमान्थाङस्थित छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको र पन्ध्रौँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि उपल्लो मुस्ताङमा चलेको बताए। सन् १९६३ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो पर्व विश्वव्यापी कोरोना संक्रमणका कारण सन् २०२० देखि तीन वर्ष रोकिएको थियो।

तिजी पर्वको तीन दिनसम्म बिहान ६ बजेदेखि १२ बजेसम्म गुम्बामा लामाहरूद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गरिन्छ। यसरी पूजा गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगव्याधी र अनिष्ट नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामना गर्न नपरोस्, र सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गरिन्छ।

पूजापाठपछि मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाहरूले बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्छन्। यसमा ५४ प्रकारका नृत्यहरू मुकुट पहिरिएर प्रदर्शन गरिन्छ। पर्वको अन्तिम दिन पूजामा राखिएको तोर्म गाउँबाहिर विसर्जन गरेपछि तिजी पर्व समापन हुन्छ।

पर्व सुरु हुँदा मुस्ताङी सांस्कृतिक राजाको दरबारमा रहेको दुई तला अग्लो करिब ३० फुट लामो गुरु पद्मसम्भवको लुङ्ता बाहिर निकालेर नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ, जुन वर्षको एक पटक मात्र तिजी पर्वमा सार्वजनिक गरिन्छ।

दुरुस्तै तिब्बती कलासंस्कृतिको झल्को दिने यस तिजी पर्वलाई विदेशी पर्यटकहरूले निकै चासोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। यो पर्व विदेशी पर्यटकका लागि धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई फोटो र भिडियोमा कैद गर्ने अवसर पनि बन्ने गरेको छ। तिजी पर्वको अवलोकनका लागि आएका विदेशी पर्यटकको उपस्थितिले लोमान्थाङमा पर्यटकीय रौनक बढेको पौडेलले बताए।

एक्याप लोमान्थाङका अनुसार, तिजी पर्वको छेको पारेर यसै हप्ता मात्रै ५०२ विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएका छन्। सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा ७५५ विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् भने सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा कुल १६४७ विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्।

प्रकाशित: २०८२ जेठ ११ गते आईतबार ०६:३५
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना