२०८३ कार्तिक ११ गते मङ्गलबार

राजावादी आन्दोलन : चैत १५ का ‘उग्र’विरुद्ध मुद्दैमुद्दा, कस्तो होला जेठ १५?

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, जेठ ११
king

काठमाडौँ- राजसंस्था पुनस्र्थापनाको मुख्य एजेन्डा बोकेर सदनभित्र रहेको राजनीतिक दल राप्रपासहित अन्य राजावादी समूहहरू फेरि आन्दोलनको तयारीमा छन्। गणतन्त्र दिवसकै दिन जेठ १५ गतेदेखि ‘संयुक्त जनआन्दोलन समितिले ‘जनआन्दोलन’को घोषणा गरेको छ।

आन्दोलनअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र संयुक्त जनआन्दोलन समितिसम्बद्ध व्यक्तिहरुले यसपटकको आन्दोलन निर्णायक हुने दाबी गरिरहेका छन्। यतिसम्म कि, राजावादीले बनाएको संयुक्त जनआन्दोलन समितिका एक अगुवा जगमान गुरुङले त १५ गते नै पूर्वराजा ज्ञानेन्द्रले सत्तारोहण गर्ने दाबी गरिरहेका छन्।

तर राजावादीहरुले भने जस्तो कुनै पनि आन्दोलन आफैमा सहज र अनुकुल भने हुँदैनन्। आन्दोलनको मागको वजन, सान्दर्भिकता र आवश्यकता जस्ता पक्षले आन्दोलनको गतिलाई तय गर्छन्। गणतन्त्रवादीहरुले भने यस्तो प्रकारको आन्दोलनलाई असान्दर्भिक र पश्चगामी भनिरहेका छन्।

यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो भने निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा समेत आगजनी भएको थियो।

जन र धन समेतको क्षति भएको सो घटनाको अहिलेसम्म पनि आयोजकमध्ये कसैले पनि त्यो घटनाको नैतिक जिम्मेवारी लिएका छैनन्। त्यो हिंसात्मक प्रदर्शनको धङधङी अझै पनि आन्दोलनकारीहरूमा रहेकाले पुनः राजावादीले गर्ने आन्दोलन हिंसात्मक बन्ने त होइन भन्नेमा शंका नामेट हुन सकेको छैन।

यता राजावादीहरुले पुनः आन्दोलनको तयारी तीव्र बनाउँदा समितिले आफ्ना पूर्व ‘जनकमान्डर’ भनिएका दुर्गा प्रसाईंका विषयमा पनि अचम्मलाग्दो मौनता देखाइरहेको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी प्रसाईंको टाउकोमा हालेर राजावादीहरू अर्को आन्दोलनको तयारी गर्नेतर्फ अग्रसर देखिएका छन्।

प्रसाईं भने प्रहरी हिरासतमा छन्। प्रहरी हिरासमा रहेका प्रसाइँले सहकर्मीहरुले नै आफूलाई ‘धोका’ दिएको बताउँदै आएका छन्। जबकि पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्ता फर्किन्छ कि भन्ने आश जगाइदिने पहिलो व्यक्ति उनै प्रसाईं नै हुन्। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा केही वर्षदेखि राजसंस्थाका पक्षमा आवाज उठाउँदै आएका थिए। बोली र व्यवहारका हिसाबले उग्र र अस्थिर मानिएका प्रसाईँका अबका दिनहरु कस्ता होलान् भन्ने यसै भन्न सकिने स्थिति छैन।

कतिपय राजनीति दलका नेता, कार्यकर्ता र यतिसम्म कि सांसदहरूले पनि पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताइरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह भने सो घटनापछि लामो समयसम्म मौन रहे। नयाँ वर्षका अवसरमा चैत ३१ गते वक्तव्य जारी गर्दै उनले ‘केही दिनअघि जनप्रदर्शनमा भएको हिंसा, आगजनी, तोडफोडबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा दुःख लागेको बताएका थिए।

प्रहरीले यस घटनाको मुख्य जिम्मेवार प्रहरीले दुर्गा प्रसाईंलाई बनाएको छ। घटनालगत्तै फरार रहेका प्रसाईँलाई प्रहरीले चैत २९ गते भारतबाट झिकाएर अदालतको अनुमतिसहित अनुसन्धान गरिरहेको छ। प्रसाईंले तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याएका थिए भने प्रदर्शन उग्र बनेपछि फरार भएका थिए। उनलाई ज्यान मुद्दासहित राजद्रोहलगायतमा मुद्दा सिफारिस गर्ने तयारी प्रहरीको छ। तीनकुने कार्यकर्मको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईंको हातमा थमाएका थिए। उनी पक्राउ परेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंलाई नेतृत्व दिने आफ्नो भूमिकाबाट पन्छिन खोजेका छन्।

तीनकुनेमा हिंसात्मक प्रदर्शन भएपछि चैत १५ गते बेलुकी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य उपचारका लागि समय माग गरेपछि प्रहरीले वैशाख ७ गते धवल शम्शेर राणालाई हाजिरी जमानीमा छाड्यो। उनी वैशाख १० गते मुम्बई गएर चार दिनमै स्वदेश फर्किएर राजनीतिक कार्यक्रमहरूमा भाग लिन थाले। यता ५० दिन हिरासत बसेपछि रवीन्द्र मिश्र छुटे। बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतको आदेशपछि मिश्र जेठ २ गते हाजिरी जमानीमा छुटेका थिए।

प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरेको थियो। उनको रिहाइ माग गर्दै राप्रपाले सरकारलाई अल्टिमेटम दिनेदेखि आन्दोलन गर्ने र समर्थकहरूबाट जावलाखेलमा रिले अनशनसमेत भएको थियो। तर राप्रपाले हालसम्म पनि दुर्गा प्रसाईंको रिहाईको माग औपचारिक रूपमा गरेको छैन।

यता प्रसाईंविरुद्ध कर्तव्य ज्यान मुद्दासहित ६ वटा कसुरमा मुद्दा दर्ता भएको छ। दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ। प्रहरीले तीनकुने घटनामा मुख्य दोषी प्रसाईंलाई बनाएको छ।

प्रसाईंविरूद्ध पत्रकार सुरज रजकको मृत्यु भएको घटनालाई लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने कसुरमा पनि मुद्दा चलाइएको छ। एभिन्युज टिभीका पत्रकार रजकको चैत १५ गते तीनकुनेमा आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।

यसबाहेक प्रहरीमाथि गाडी चलाएको भन्दै प्रसाईंविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अन्तर्गत ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पनि मुद्दा चलाइएको छ। आपराधिक उपद्रव र संगठित अपराधमा समेत मुद्दा चलाइएको छ।

यता, गत चैत १५ गतेको उक्त घटनाबाट झस्केको नेपाल प्रहरीले अहिले भने सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेको छ। १५ जेठमा राजसंस्था पक्षधरहरूले राजधानीमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रदर्शनलाई मध्यनजर गरेर सम्पूर्ण सुरक्षा तयारी भइसकेको र प्रदर्शनमा कुनै जनधनको क्षति नहुने प्रहरीले बताएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएकाले कुनै जनधनको क्षति नहुने बताएका छन्। त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरका छन्।

यसैबीच प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ। जानकारी अनुसार सरकारी वकिलको कार्यालयले छिट्टै नै मुद्दा दायर गर्ने तयारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ।

चैत्र १५ को आन्दोलन हिंस्रक र ज्यानमारा भएकाले अबको आन्दोलनमा राजावादीहरु थप संयमित हुनुपर्नेछ। सदनभित्र जनप्रतिनिधित्व गर्ने राजनीतिक दल राप्रपा पनि सहभागी हुने आन्दोलन भएकाले यो आन्दोलन राजनीतिक संस्कार र नैतिकताको कसीमा पनि प्रश्न बाहिर रहने छैन। त्यसैले आन्दोलनको स्वरुप र शैली हेरेर प्रहरी प्रशासनले सुरक्षाको रणनीति तलमाथि गर्नसक्ने बताइएको छ। राजावादीलाई उग्र हुने अवस्था पनि नरहने र बढि जनसमर्थन पनि नमिल्ने अवस्था देखिएमा उनीहरुको आन्दोलन उनीहरुकै लागि निल्नु न ओकल्नु हुनेछ। बाहिर मिडियामा आन्दोलन शान्तिपूर्ण हुन्छ भनिए पनि अबको राजावादी आन्दोलनको खास परीक्षा १५ गतेपछि नै हुनेछ।

प्रकाशित: २०८२ जेठ ११ गते आईतबार ०७:३८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना