काठमाडौँ- विश्व वातावरण दिवस (जुन ५)को अवसरमा राजधानीको तारकेश्वर नगरपालिका-१० मनमैजुमा विद्यार्थीहरूले र्याली निकालेका छन्।
विभिन्न विद्यालयका विद्यार्थीहरूले वातावरणसम्बन्धी संरक्षणसँग सम्बन्धित जनचेतनामूलक प्लेकार्ड बोकेर र्याली निकालेका छन्।
प्लास्टिकजन्य सामग्रीको प्रयोग र यसले वातावरणमा पर्ने असर, वनजङ्गल संरक्षण, विश्व जलवायु परिवर्तन र यसको प्रभावसँग सम्बन्धित जनचेतना फैलाउनका विद्यालयले यस किसिमको कार्यक्रम गरेको जनाएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


