क्वालालम्पुर– मलेसियामा बस दुर्घटनामा हुँदा १५ जनाको मृत्यु भएको छ। विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्दा १४ जना विद्यार्थीसहित १५ जनाको मृत्यु भएको हो।
सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।
सुल्तान इदरीस शिक्षा विश्वविद्यालयको बस दुर्घटनामा परेको हो। दुर्घटनास्थल नजिकै क्षतिग्रस्त अवस्थामा कार पनि पल्टिएकाले कारसँग ठोक्किएको अनुमान गरिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत थाइल्यान्डको सीमाना नजिकै रातको समयमा दुर्घटना भएको थियो।
दुर्घटना थाइल्यान्डसँगको सीमानजिक मलेसियाको पूर्वपश्चिम राजमार्गमा भएको हो। दुर्घटनामा ३३ जना घाइते भएको र तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
तेरेन्गानुस्थित जेरेथबाटबाट जान्जुङ मालिमका लागि बस छुटेको थियो। मालिममा विश्वविद्यालयको मुख्य क्याम्पस छ।


