काठमाडौँ- नेपाली आँपको प्रवर्द्धन गर्न बर्सेनी हुँदै आएको म्याङ्गो राइड यसपालि पनि सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार राइडको उद्घाटन गरे।
स्थानीय अर्गानिक आँपको प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना भएको हो। द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा भएको राइड ललितपुरको जाउलाखेलबाट सुरु भएको हो।
राइड पहिलो दिन खुलेखानी हेटौंडा-पथलैया हुँदै बर्दिबास पुग्नेछ। दोस्रो दिन बर्दिबासको म्याङ्गो फार्म अवलोकन हुनेछ। त्यसपछि गाईघाट पुगेर भिमानको बाटो फर्कँदै फेरि बर्दिबास पुग्नेछ।
तेस्रो तथा अन्तिम दिन बर्दिबासबाट हेटौँडा हुँदै टीकाभैरवमा राइड समाप्त हुनेछ।
हन्ड्रेड्स ग्रुपको सहआयोजना रहेको राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड राइडर सहभागी हुनेछन्। जसमा डाइरेक्टर अमनप्रताप सिंह, कलाकार कर्मालगायत प्रोफेसनल राइडरहरु सहभागी छन्।


