काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू कालो पोशाक लगाएर प्रतिनिधि सभामा प्रस्तुत भएका छन्।
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका रास्वपा सांसदहरु शुक्रबारको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका हुन्।
यसअघि रास्वपाका सांसदहरु निलो रिबनमा प्रस्तुत भएका थिए। संसद्मा वेल घेराउ र नारवाजीका बीच कहिले पलेँटी कसेर बस्ने तर कहिले मौन रहने गर्दै आएका थिए।
बैठकमा पुगेर बहिष्कार गर्दै उनीहरू बाहिरिएका थिए।
