काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजन विधेयकमाथिको छलफलमा प्रतिनिधि सभा अधिकांश कुर्सी खाली छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गरेकाले उनीहरू बस्ने कुर्सी खाली छन्।
रास्वपा र राप्रपाले संसद बहिष्कार गरिदिएपछि सत्ता पक्ष सांसदहरूलाई हाइसन्चो छ।
संसदमा पुगेका सांसदहरू केही बेर बैठकमा बसेपछि कतिवेला बाहिर निस्कन्छन् कसैलाई पत्तो हुँदैन।
बोल्न पालो पाएकाले बोल्छन्, रित्ता कुर्सी सुनिरहन्छन्। बजेटमा लामो बहस हुन्छ। तर कमा, फुलस्टप पनि परिवर्तन हुँदैन।
जति बहस गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेट बहस सुन्न सांसदहरूलाई मनै लाग्दैन।
बोल्ने अधिकांशले मन्त्रीहरूले आफ्नो क्षेत्रमा बजेट कुम्ल्याएको आरोप लगाउछन्। मन्त्रीहरूको बचाउ गर्न बेलाबेला सांसदहरू प्रस्तुत पनि हुन्छन्।


