ललितपुर- ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलङ्की जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ।
कङ्क्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन। यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन्।
तीव्र गतिका सवारीसाधनको बिचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ।
ग्वार्कोमा भने हालै ओभरपास सञ्चालनमा आएको छ।


