२०८३ कार्तिक १२ गते बुधबार

बजेट ल्याउन नसकेपछि तर्जुमा समितिको आकस्मिक बैठक, बालेनलाई ध्यानाकर्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
balen_sunita

काठमाडौँ- निर्धारित मितिमा बजेट ल्याउन नसकेपछि काठमाडौँ महानगर बजेट तथा कार्यक्रम तर्जुमा समितिले मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराएको छ।

मंगलबार समिति संयोजकसमेत रहेकी उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकमा बजेट ल्याउन नसक्नुका कारण र अबको प्रक्रियाबारे छलफल गर्दै मेयर बालेनलाई बुधवार ध्यानाकर्षण  गराएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगर/गाउँसभामा पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ। तर उक्त मितिमा महानगरले बजेट पेस गर्न सकेन।

‘कानुनले तोकेको मितिमा बजेट ल्याउन असफल भएपछि हामीले मेयरज्युलाई ध्यानाकर्षण गराएका हौँ,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालक्लिक्ससँग भने। ‘बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि बैठकमा छलफल गरेका छौँ,’ उनले भने।

उनका अनुसार बैठकमा मेयरको संयोजकत्वमा गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले काम नगरेको विषयमा समीक्षा पनि भएको थियो।

‘काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन। कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,’ उपमेयर सुनीतासहितले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/०८३ को बजेटको सीमा निर्धारणका लागि बैठक आह्वान गर्न तथा आर्थिक वर्षको वार्षिक बजेटसमेत नगरसभासमक्ष पेस गर्नुपर्ने अनिवार्य छ। त्यसैले बैठक आह्वानको लागि अनुरोध गरेका छौँ।’

समितिको संयोजकमा उपमेयर सुनिता डंगोल र सदस्यमा १५ जना कार्यपालिका सदस्य छन्। ‘आजै बजेट तर्जुमा समिति संयोजक उपमेयर सुनिता डंगोलसहित १५ जना कार्यपालिकाका सदस्यहरुले मेयर साहेबलाई ध्यानाकर्षण गराउनु भएको छ, यदि उहाँबाट सकारात्मक प्रतिक्रिया आए छिट्टै नै महानगरको नगरसभा बसेर नयाँ आर्थिक वर्षको बजेट आउँछ,’ प्रवक्ता मानन्धरले भने।

पछिल्लो समय बालेन र महानगरका जनप्रतिनिधि तथा कर्मचारीबीच सौहार्दपूर्ण वातावरण छैन। अधिकांश जनप्रतिनिधि र कर्मचारी उपमेयर सुनीता डंगोलका पक्षमा छन् भने बालेन एक्लै छन्।

जेठ २९ गते मेयर बालेन र उपमेयर सुनिताको ५ महिना लामो संवादहीनता तोडिए पनि समस्या समाधान हुन सकेन। उक्त दिन उनीहरूबीच ‘वान टू वान’ छलफल भएको थियो।

बजेट नगरसभामा पेस गर्नुअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्छ। मेयर साह एकातिर र ४१ कार्यपालिका सदस्य र कर्मचारी प्रशासनको नेतृत्व अर्कातिर फर्किँदा समस्या सिर्जना भएको महानगरका कर्मचारीहरू बताउँछन्।

मेयर बालेन कार्यपालिकामा सदस्यसचिव रहने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बैठकमा बोलाउन चाहँदैनन्। उपमेयर डंगोल, प्रवक्ता मानन्धरलगायत ४१ कार्यपालिका सदस्यले सदस्यसचिवको उपस्थिति नभई बैठक बस्नै नसक्ने अडानमा छन्।

‘मेयरज्यु प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा बोलाउन चाहनुहुन्न। तर उपमेयर र कार्यपालिकाका अ‍धिकांश सदस्यहरू उहाँलाई सहभागी नगराई बैठक राख्न नमिल्ने अडानमा हुनुहुन्छ। यसैले महानगरका कार्यपालिका बैठक र नगरसभा डाक्नेलगायतका सम्पूर्ण काम रोकिएका छन्,’ महानगरका एक कर्मचारीले नेपाल क्लिक्ससँग भने, ‘कार्यपालिकाका सदस्यलाई एजेन्डा पठाउने, निर्णय लेखन गर्ने काम सदस्यसचिव (प्रमुख प्रशासकीय अधिकृत)कै हुन्छ। उहाँलाई कार्यपालिका र नगरसभामा सहभागी नगराउने अडान लिनु मेयर साहको कच्चा काम हो। तर, मेयर साह प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक हुनै नसक्ने जिद्दीपना देखाइरहनु भएको छ।’

२०८१ पुस ५ गते महानगरपालिकाले पत्रकार सम्मेलन गरी काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृत गरिएको आरोपमा गुरागाईँमाथि छानबिन गर्ने जानकारी गराएको थियो। छानबिनका लागि समिति पनि बन्यो तर प्रतिवेदन भने बनेन।

समितिले प्रतिवेदन तयार गर्न नसकेपछि मेयर बालेनले गत फागुन १९ गते महानगरकै सहरी व्यवस्थापन, कानुन तथा मानव अधिकार र सार्वजनिक निर्माण विभागबाट राय लिए र त्यही राय संघीय मन्त्रालयमा बुझाए।

यही बीचमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले फागुन २१ गते संघीय मन्त्रालयमा निवेदन दिए। जसमा महानगरमा काम गर्ने वातावरण मिलाइदिनु भन्ने व्यहोरा समेटिएको थियो। निवेदन दिएको भोलिपल्टै अर्थात् फागुन २२ गते मन्त्रालयले काम गर्ने वातावरण मिलाउनु भनी महानगरलाई पत्र काट्यो। तर मेयर बालेन गुरागाईँलाई महानगरमा हाजिर गराउन तयार भएनन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ १०१ दिनपछि चैत २१ गते महानगरपालिकामा हाजिर भएका थिए। गत ८ पुसदेखि बिदामा रहेका गुरागाईँ महानगरमा हाजिर हुन जाँदा कार्यकक्षमा ताला लगाइएको थियो । गुरागाईँलाई हाजिर हुन नदिन नगर प्रहरीले अवरोधसमेत गरेको थियो। उपमेगर डंगोलसहित महानगरकै जनप्रतिनिधि र कर्मचारीले ताला तोडी गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका थिए।

काठमाडौं भ्यू टावर निर्माणको नक्सा स्वीकृत गरेपछि सुरु भएको काठमाडौँ महानगरपालिकाका मेयर साह र प्रमुख प्रसासकीय अधिकृत गुरागाइँको सम्बन्ध बोलीचाली बन्दसम्म पुगेको छ।

प्रकाशित: २०८२ असार ११ गते बुधबार ०२:३८
प्रतिक्रिया

थप समाचार

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना