२०८३ कार्तिक ११ गते मङ्गलबार

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
khop2

काठमाडौँ– भोजपुर जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन्। जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन्।

षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिएका छन्। तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उनको भनाई छ।

भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवादुङगमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

जिल्ला खोप समन्वय समिति भोजपुरको आज बसेको बैठकले यही असार २३ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको छ। जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेका तीन पालिका घोषणा भएपछि जिल्लालाई घोषणा गरिने बताए।

बैठकले खोप सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण बढदै जान थालेकाले जिल्लामा करिब ३० हजार नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यहाँका पालिकाले माग गरेका आधारमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए। समन्वय समितिका प्रमुख थुलुङले ‘खोज र खोप’ भन्ने अभियानलाई सार्थक बनाउन अभियान सञ्चालन गरिने बताउँदै कोही पनि कुनै खोपबाट छुटन नहुने भन्दै तालिकाअनुसार नियमित खोप लगाउन सबैलाई आग्रह समेत गरेका छन्।

 

प्रकाशित: २०८२ असार ११ गते बुधबार ०६:०५
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना